बझाङ । माहुरीको मिलनजस्तै संकेत गर्ने मेला हो, सैन्डाँडा । सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेला भाद्र शुक्ल दशमीको दिनदेखि चहलपहल सुरू हुन्छ । मेला भने शुक्ल चतुर्दशीदेखि शुक्ल पूर्णिमाको तेस्रो दिनसम्म लाग्ने गर्छ । बझाङ, बाजुरा, अछामसहित हजारौँको संख्यामा श्रद्धालु भक्तजन आउने मेलाले संस्कृतिलाई जोगाएको खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर खड्का बताउछन् । […]