शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • गरिबमाथि नै प्रकृतिको बज्रपात
Breaking News

गरिबमाथि नै प्रकृतिको बज्रपात

मष्टा (बझाङ) । बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतले ३५ वर्षमा पाइला टेकिन् । यो उमेरसम्म उनलाई प्रकृतिले संकटमा पारेको अहिलेसम्म सम्झना छैन । बाल्यकालमा पर्याप्त आवश्यकता माइतीघरमा पूरा गरेकी कञ्चनालाई बिहेको दिनदेखि नै दौडधुप बढ्यो । माइतीघरमा छँदा सबै आवश्यकता पूरा गरिएको हुँदा सानोतिनो समस्याले उनलाई छुँदैन थियो। जब पराइ घर गइन्, त्यसपछि उनीमाथि संकट आइलाग्न थाल्यो ।

उनलाई बिहेपछि घरकी जेठी बुहारीको जिम्मेवारी थपियो । पति खडक कठायतलाई पनि भाइबहिनीको शिक्षादीक्षालगायत जिम्मेवारी थपियो । त्यति हुँदाहुँदै घरमा उनीहरुको वैवाहिक जीवन चलेकै थियो । सात वर्षअगाडि सबै भाइसहित बाआमा अलग भए । घरको सम्पत्ति बाँडफाँट गरियो । त्यो बेलामा खडकका दुई सन्तान मात्रै थिए, दिव्य र सीमा ।

उनले परिवारबाट अलग भइसकेपछि एउटा घर निर्माण गरिन् । घरमा सबै राम्रै चल्दै थियो । त्यसपछि सुरु भए उनका दुःखका दिन । दुई सन्तानको लालनपालन गर्न उनको कमाइले ठीकै हुन्थ्यो । उनले परिवारका लागि समय र घरखर्च चलाइरहेकी थिइन् ।

समयअनुसार भारत गएर राम्रै आम्दानी गर्ने खडक कोरोना महामारीको ‘लकडाउन’ ले निकै मर्कामा परे । भारतमा भएको रोजगारीसमेत खोसिएपछि घर आउनुपर्‍यो । गाउँमा पनि काम पाइएन । लकडाउनले भारत जाने अवस्था पनि रहेन ।

घरमा रहँदाबस्दा छोरी जन्मिइन् । दोस्रो वर्ष छोरा र तेस्रो सन्तान छोरी जन्मिइन् । अहिले खडक छोराछोरीको पालनपोषणकै लागि भारतको उत्तर प्रदेशको खरीखानीमा पसिना बगाइरहेका छन् ।

‘सुरुआती दिनमा राम्रै कमाइ थियो’, कञ्चनाले भनिन्, ‘अहिले आफूलाई खान पनि नपुग्ने कमाइ छ, सानोतिनो कमाइको केही भाग यता पठाउनुहुन्छ, घरमा दाल, चामल किन्नसमेत पुग्दैन ।’ द्वारीमा भएको आफ्नो जमिनबाट उत्पादन हुने अन्नले दुई महिना पनि नपुग्ने र बाँकी १० महिना किनेर खानुपर्ने उनले बताइन् ।

द्वारीमा करिब चार सय परिवार बस्छन् । त्यसमध्ये दोघरी (दुई घर भएका), तेघरी (तीन घर भएका) धेरै छन् । खडकको भने एउटै घर छ । ‘गाउँका मानिस प्राकृतिक संकट आउँदा अर्को घरमा जान्छन्,’ कञ्चनाले भनिन्, ‘तर अन्यत्र जाने ठाउँ छैन मेरो, सबैले गाउँ छाडेर गए । हामी एक्लै यतै बसिरहेका छौं ।’

दुःख त थियो नै, बस्नका लागि सानोतिनो घर पनि थियो, गत असोजदेखि त्यो घर पनि नरहेको उनले बताइन् । असोज १६ मा भूकम्पले उनको घर क्षतिग्रस्त भयो । चर्पी भत्कियो, ठाडो घर तेर्सो बनायो, ढोका नमिल्ने भएका छन्, त्यही घरमा सुतिरहेका छौं,’ उनले भनिन् । राति भूकम्प आयो भने ज्यानै जोगाउन मुस्किल हुने उनले बताइन् । उनले भनिन्, ‘कतै नपाएर फेरि यसैमा टाउको जोगाएका छौं ।’

कञ्चना भत्केकै घरमा पाँच छोराछोरीसहित बस्छिन् । खडक भारतमै ज्यालादारी गर्छन् । ‘पतिले पठाएको सानोतिनो खर्चले खान पुग्दैन, घर केले बनाउनु, पैसा नभए अरू ठाउँ कसरी जानु ?’, उनी भन्छिन् । भुँइचालो आएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ र डीसीए नेपाल नामक कञ्चनपुरले भूकम्पको मारमा परेका परिवारलाई १५ हजार नगद सहयोग गरेका थियो । त्यसमा उनको परिवार पनि पर्‍यो । संस्थाले मष्टामा मात्रै ४८१ परिवारलाई १५ हजारकै दरले नगद सहयोग गरेको थियो ।

कतिपयले उक्त रकम टहरा निर्माणमा खर्च गरे भने कतिले अन्य प्रयोजनमा खर्च गरे । खडकको परिवारले भने सो रकमले खाद्यान्न ल्याएको र मजदुरी गर्न भारत जान खर्च गरेको कञ्चनाले बताइन् । पालिकाले भूकम्प आएका बेलामा एउटा त्रिपाल दिएको थियो । त्यसबाहेक राहतको नाममा केही नपाएको उनले गुनासो गरिन् ।

स्थानीय दीपक कठायतले भने, ‘सरकारी तवरबाट केही आएको छैन, ५० हजार रुपैयाँ दिने मात्रै भनेको छ । अहिलेसम्म आएको छैन, आए पनि घर निर्माण गर्न मुस्किल हुन्छ ।’ उनका अनुसार उक्त रकम पनि सरकारी किस्ताबन्दीमा आउन सक्छ । सामान्य एउटा काठको टुक्रालाई हजार रुपैयाँ पर्छ भने त्यो रकमले अस्थायी आवास निर्माण गर्न चुनौती नै भएको उनले बताए ।

अर्को समाचार

Virgin peak Saipal
Virgin peak Saipal

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै