विभेद, कुल, वर्ण, जातपातको धनी, गरिब र औकातको कामीको र धामीको गाउँले, सहरियाको मधेसे, पहरीयाको कोही पूर्वेली त कोही पश्चिमेली झापाली त कोही बझाङ्गी चेली! काहीँ कालाको, काहीँ गोराको काहीँ छोरीको, काहीँ छोराको समाजमा जताततै विभेद छ, के हामीलाई साँच्चै खेद छ? हो! विभेद विद्यमान छ, खै के समाधान छ? काहीँ ममकार छ, काहीँ अहङ्कार […]