शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दसैँपछि ऐडीको समाजसेवा निरन्तर
Breaking News

दसैँपछि ऐडीको समाजसेवा निरन्तर

बझाङ । नेपाल तरूण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोली फेरि टहरा निर्माणमा निरन्तर खटिएको छ । बझाङमा गत असोज १६ गते आएको भूकम्पले क्षति पु¥याएका निजी संरचनामा अति पीडितका लागि टहरा निर्माणमा जुटेका छन् ।

घर भत्केर खुल्ला आकाशमा रात बिताउन बाध्य बेसाहारा परिवारको बझाङ तरूण दलले अस्थायी टहरा निर्माण गरिरहेको छ । दसैँअगावै टहरा निर्माण गर्न सुरू गरेको ऐडीको टोलीले फेरि टहरा निर्माणमा जुटेको हो ।

बुधबार ऐडीको टोलीले धनगढीबाट बझाङ आउने क्रममा सदरमुकाम चैनपुर नपुग्दै जयपृथ्वी नगरपालिका–७ सुवेडाका १३ वर्षीय विपन्न परिवारका किशोर शिव भण्डारीको घर निर्माण गरेका हुन् ।
दुवै बुवा आमा गुमाएका भण्डारी बस्ने घर भूकम्पले भत्काएपछि उनी छिमेकीको घरमा बस्दै आएका थिए । ‘गत महिनाको भूकम्पले घर भत्काएपछि आफन्तको घरमा बस्दै आएको थिए,’ भण्डारीले भने, ‘मलाई आउने जानकारी नै थिएन । उहाँहरू आउनुभयो र घर प्रवलीकरण गरिदिनुभयो । अब आफ्नै घरमा बस्न पाउने भए । उहाँहरू प्रति आभारी छु ।’

नेपाली कांग्रेस बझाङका महाधिवेशन प्रतिनिधिसमेत रहेका ऐडीको नेतृत्वमा दसैँअघि ५ वटा टहरा निर्माण गरिएका थिए । दसैँपछि बुधबारबाट सुरू गरेको टहरा निर्माण आज थलारा गाउँपालिकामा एकल महिलाको भूकम्पले भत्काएको घर निर्माण जाने तयारी भएको ऐडीले बताए । उनका अनुसार एउटा हटरा निर्माण गर्न ५० देखि ६० हजार रूपैयाँ खर्च हुन्छ । आफैँले काठ, कामदार सबै लिएर पीडितको घर प्रवलीकरण, टहरा निर्माण गरिरहेको उनले बताए ।

उनका अनुसार काम गर्दा सुरक्षित रहनका लागि ज्याकेट र हेलमेटसहित तीन वटा त्रिपाल धनगढी उपमहानगरपालिका-४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले सहयोग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार