मु बझाङीमा विज्ञान भाग –११ मी मु आज मनोविज्ञानको बारेमी भन्दो भयाँ हा त । यसुई चुनावमी झल्क्याको जनताको मनस्थितिबारे कुडा हरौं । अहिले भयाको चुनावमी देशैभरी सहरमा परिवर्तन हुनुपण्यो भन्या माइस प्रत्यक्ष र समानुपातिक दुवैमा फेर्याका धेक्या । दुर्गम ठौर पन कम्तिमा समानुपातिकमी केइ नौलाखी पन हेरौँ भन्या जसो धेकियो । हाम्रै छिमेकी डडेलधुरामी ‘कोई न कोई, उही पुरानो पोई’ भन्या कम छिया तर बझाङ्गमी भन्या मतदाताको मनो विज्ञान ‘आफ्ना चेलाले छोप्याका चेपागाँडै माछा’ भन्या जसो छ । यसो क्या जाउको भयो हे साइबौ ?
राजनीतिक विज्ञानमी भयाका अनुसन्धानले परम्परागत राजनीतिक व्यवहारमा मनोविज्ञानको भूमिकाको चर्चा हुन लाग्याको छ । मतदानमा जनभावना रेमुडको प्रभावको सोधखोज हन्र्या शोधकर्ताहरूले भावना र भोटिङ बीचको सम्बन्धलाई अध्ययन हर्याका छन् ।
क्रोधः
मासाचुसेट्स एमहस्र्ट विश्व विद्यालयमा विद्यार्थीहरूमा भएको एक प्रयोगमा क्रोधको अवस्था गरिएको उम्मेदवारबीच चयनले मुद्दा–समस्यामा कम निर्भर हुने क्रोध र प्रतिशोधले उद्वेलित भएका मतदाता उम्मेद्वारको चरित्र, इतिहासबारे जानकारी खोज्ने सम्भावना कम रहनुका साथै उम्मेद्वारका नीति र घोषणाको समीक्षा कम हुने गर्छ । वाम दलहरूको टुटफुट र जनयुद्धका एजेण्डाप्रति सत्ता प्राप्तिपछि ईमान्दार नहुनु प्रतिको जनताको क्रोध वाम दलहरूको संकुचनको कारण बन्यो । बझाङमा क्रोधले मात्तै काम हर्याको धेकिएन । जनयुद्धको द्वेषबाट पन अघि बणीसकेको धेकिन्छ ।
चिन्ताः
चिन्ताको भाव निर्वाचनमा हाबी भए पार्टीमा निर्भरता घटी उम्मेदवारहरूको व्यक्तित्व र लोकप्रियता हाबी हुन्छ । चुनावमा लोकतन्त्रको बारेमा चिन्ता गर्ने मतदाताहरूले जसको नीति रूचाउँदा छन् तिनै उम्मेदवारहरूलाई मतदान गर्ने सम्भावना बढी हुन्छ, र पार्टीका सदस्यहरू जो आफ्नो दलको उम्मेदवारबाट निराश छन् । उनीहरूले विपक्षी भया पन स्वतन्त्र भया पन उम्मेद्वारलाई मतदान गर्ने सम्भावना हुन्छ । बझाङमा चिन्ताले पनि मस्तै ठूलो प्रभाव पारेको धेक्किदो छ ।
सामाजिक सञ्जालको प्रभाव :
विगत दुई दशकमा प्रविधिको विकासका कारण राजनीतिज्ञ र राजनीतिक दलहरू प्रविधि र विशेषगरी युट्युव, फेसबुक, इन्स्टाग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालहरूमा अत्यधिक निर्भर हुँदै गएको अनुसन्धानले देखाएको छ । सञ्जालको सहजताले राजनीतिज्ञहरूलाई जेठा पुस्ताबाट नयाँ पुस्तासम्म आफ्नो पहुँच विस्तार गर्न अनुमति दिन्छ । सामाजिक सञ्जालका धेरै सकारात्मक प्रभावहरू भएता पनि अनुगमन र पहुँचको अभावले निर्वाचनमा हस्तक्षेप र मतदातालाई आकर्षित गर्ने षड्यन्त्रका सिद्धान्त र भ्रम फैल्याउने डर रहन्छ । बझाङमा सामाजिक सञ्जालको प्रभाव कम देखियो सायद धेरै मतदाताको अन्र्तसञ्जालमा पहुँच नभएर होला ।
जीतपक्षधरता (हार्ने सम्भावना भएको पक्षमा नहुने चाहना) :
घाटालाई घृणाको सिद्धान्त मतदान व्यवहारसँग सम्बन्धित छ किनभने मतदाताहरूले लागत लाभ विश्लेषणको आधारमा आफ्नो छनौट गर्छन् । आफूले समर्थन गरेको पक्षले जीते आफूलाई प्रत्यक्ष–परोक्ष लाभ मिल्ने आशा पनि मतदानको रुझानमा बदलब ल्याउँछ । दलहरूबीच एकतार गठबन्धन हुँदा आफ्नो मत ‘खेर’ नजाओस् भनेर जन मानसमा जीत पक्षधरताको भाव प्रगाढ हुने गर्छ । बझाङमा यो निर्वाचनमा जीत पक्षधरताले ठूलो प्रभाव पारेको देखिन्छ ।
जीत पक्षधरता र दल पक्षधरता भातृ संगठन आबद्धतासँग पनि जोडिएको हुन्छ । आबद्धताको भावले ‘राम्रो’ भन्दा ‘हाम्रो’ लाई चयन गर्ने प्रवृत्ति बढाउँनुको ‘साथै’ आफ्नो दल या गठबन्धनको उम्मेदवार उसको गुणदोष या आशाको आधारमा भन्दा पनि आस्थाको आधारमा चयन हुने प्रबलता हुन्छ । आफ्ना चेलाले छोप्याका चेपागाँडै माछाझैँ लाग्न थाल्छ । प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर बझाङमा माइसको जीवनशैली, राजनैतिक चेत रे लोकतान्त्रिक चरित्र विकासको गती ढिलो हुन्या धेक्किदो छ । आफ्नो सत्ता साँध्ने महत्वाकाँक्षा पूरा गर्न गाउँघरका युवालाई आफ्ना दलगत झोला भिडाउन सुदूरपश्चिममा सबै दल सफल भएका छन् किनकि युवा बेरोजगार छन्, जनता लाचार जसा भयाका छन् ।
कहिले आसमा त कहिले त्रासमा राजनीतिका नाममा मस्तै कुटपिट रे सांघातिक आक्रमण समेत हुन्या अर्दो छ । गर्छन । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले आफ्नु श्रीपेच धरौटी राखी जनता पढाउने राजाबाट के शिक्षा पायाऔँ हामुले ? ‘दिनभरि हँट्टो, सौरास पुग्दैन’ भन्या जसोइ यो विकृत राजनीतिको गोल्चक्करको कोल कति रिटाउँदा साइबौ ? तेल जति नेता खान्ना तमि पिनाका लागि मारामार हर अब । नेता खाइ बौलिँदा तमि भोकाई क्यान बौलिँदा कप्पाल फुटाई पाउन ?
हामीले आफ्ना लागि राउण माइस खोज्यो भन्या काम पन राउणोइ अरन्ना । नत्र आफूखी चाइयाका बेला मात्तै काम अन्र्या हुन् अरू बेला केइ मतलब अर्दान । त्यो हामु सबुईले बुझ्नु पण्न्या भयाको छ । हामुले जसा माइसखी जितायो उसोइ हुन्या हो । निकाखी जिताया निकोई होला, फूर्चाखी जिताया फुर्चोई होला । त्यसाईले अइलका वर्ष जसो भया पनि पुणा वर्षबाट सबुईले बुझ्नु राउणो होला ।
गोठकी गोठ भन्नु, मजेलाखी मझेला भन्नु वाँछी पाँडकी पाँण भन्नु
‘आफ्नुई छोप्या पन माछा, माछा भन्नु, चेपागाँडा कि चेपागाँडा भन्नु
(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम ९क्रियाकलाप० का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)
फेसबुक प्रतिक्रियाहरु