सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले आफ्नो युट्युब च्यानलबाट गीत हटाए
सेलिब्रेटी

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले आफ्नो युट्युब च्यानलबाट गीत हटाए

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले आफ्नो युट्युब च्यानलबाट गीत हटाएका छन्। १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक उनले अन्य गीत हटाएका हुन्।

उनले आफ्नो इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्। केही समय अगाडि उनले जापानमा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।

त्यसपछि उनका फ्यानहरूले समेत उनको मानसिक स्थिति ठिक नभएको भन्दै उपचार गराउनको लागि सुझाएका थिए। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार