बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शहीद स्मारक एु डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
फुटबल

शहीद स्मारक एु डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

शहीद स्मारक एु डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।कैलालीको धनगढी रङ्गशालामा आज सोमवार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जिताउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक–एक गोल गरे । खेलको ३४ औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन दुई–शून्यले अघि रह्यो । त्यसपछि खेलको ६७ औँ मिनेटमा सुदूरपश्चिमका विवेक पण्डितले आत्मघाती गोल गरेपछि हिमालयन दुई–एकले विजयी भयो । प्रतियोगिताअन्तर्गत भोलि मङ्गलवार मच्छिन्द्र क्लब र बाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेलपछि प्रतिक्रिया दिँदै हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदूरपश्चिम–११ ले सोचेभन्दा निकै अब्बलको प्रदर्शन गरे पनि गोल गर्न नसकेको बताए । खेलपछि प्रतिक्रिया दिँदै सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका प्रशिक्षक गजेन्द्र शाहीले धेरै समय बल आफ्नो पक्षमा राख्दा राख्दै पनि गोल गर्न नसकेको बताए । आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार