शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने
सेलिब्रेटी

नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा बन्ने लागेको नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ। हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन्।   ‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोशन गर्नेछ। हामीलाई फिल्म निर्माणमा यसले झनै सहयोग पुगेको छ,’ प्रस्तुतकर्ता परियारले भने। पावनी फिल्म्सका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन। यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौं। नेपाली–इण्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौं,’ उनले भने।

फिल्ममा आर्यन सिग्देल, भारतीय अभिनेत्री सुफिया सिद्दिकी, कविता नेपाली र भारतीय अभिनेता धानिष सोनीको अभिनय रहनेछ। डान्सिङ रियालिटी शोमार्फत चर्चामा आएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्। फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली ब्यानर डिबिआर मिडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ। यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने बताएको छ। फिल्मको सुटिङ ९० प्रतिशत अष्ट्रेलियामा र १० प्रतिशत नेपालमा हुने निर्माण टिमले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार