विद्यार्थी भाइबिनाहरू,
मैले बझाङीमा विज्ञान –१ मा ऊर्जा संरक्षणको नियमको चर्चा हर्याको छियाँ, ‘पृथक् प्रणालीको सब्बै ऊर्जा नहल्लिन्या (स्थिर) हुँदो छ । एकाउणो होइन, अख्खाउणो हल्लिरँदो (परिवर्तन) मात्रै हुँदो छ ।’ त्यइकाई उदाहरण पानी घट्टमा खोलाका मुलमी भयाको पानी मूल खोला हुँदोइ तल बग्दोइ गयापछि अल्का ठाउँमी रयाको हुँनाले सञ्चित स्थिर शक्ति खोलाउँदो बग्दै चलायमान शक्तिमा परिणत हुँदै झाँदो छ भन्या उदाहरण दियाँ छियाँ । यसरी बग्याको पानीमा हुन्या चलायमान ऊर्जालाई घट्टको पाथर घुमाउने ऊर्जाको रूपमा प्रयोग हरी पिठो पिन्ने काम गर्न सकिन्छ । त्यसोइ खोलाको पानीमी सञ्चित भयाको स्थिर ऊर्जा शक्ति चलायमान शक्ति हुँदै परिणत विद्युत् ऊर्जामा पनि परिणत गर्न सकिन्छ । मु यइबारे आज तमुखी भन्दो भयाँ भाइबिनाउ ।
बझाङीमा विज्ञान–२ मा जीवाश्म इन्धनको प्रयोगले वैस्विक स्तरमा बढ्दै गयाको कार्बन उत्सर्जनले पृथ्वीको औसत तापक्रम बढ्नु सँगै सुरमा र साइपालका हिउँ पग्लिन्या क्रम बढ्दै गया हिउँ पहिरो जाने, हिमतालको फुट्न्या, हिम चट्टानहरू टुक्रिन्या र यहरी जलवायु परिवर्तनले बेमौसमी बाढी, पहिरोको प्रकोप बढ्न्या हुँदा छन् भन्या कुरा हर्यौं । त्यसाइले ऊर्जा संकट, वातावरण प्रदूषण र जलवायु परिवर्तनको प्रकोपबाट बच्न बढीभन्दा बढी नवीकरणीय ऊर्जाको उपयोग गर्नु पण्दो छ भन्या कुरा हर्यौं । नेपालमा जलविद्युतको भ्यांकर ठूलो सम्भावना छ । जलविद्युतबाट कसरी नवीकरणीय ऊर्जा उत्पादन हुँदो छ भन्या मु तमुखी भन्दो भयाँ आज ।
विज्ञानका सिद्धान्त दिन दिनैका काममी लगाउन त्यइका पछाडि हुन्या विज्ञान र त्यइ वैज्ञानिक तथ्य प्रयोग हरिबन्ट बाँच्न सजी हुन्या चिजहरू बनाउन चाहिन्या प्रविधि दुवैको आवश्यकता पर्छ । आज मु जलविद्युतको विज्ञान र प्रविधि दुवै भन्या हुँ ।
जलविद्युत उत्पादनको विज्ञान
अगी भन्या जसो खोलाको पानीमी सञ्चित भयाको स्थिर ऊर्जा शक्ति चलायमान शक्तिमा बदलिएर विद्युतीय टर्बाईन (घट्टको बियाँलो जहै घुम्न्या चक्र) घुमाई जेनरेटर (उत्पादक) द्वारा चलायमान शक्तिलाई विद्युत् ऊर्जामा पनि परिणत गर्न सकिन्छ । यो फराडेको विद्युत् चुम्बकीय प्रेरणा (electromagnetic induction) को सिद्धान्तमा आधारित छ । प्रयोगात्मक रुपमा चुम्बकलाई तामाजसा सुचालक धातुका फन्काभित्र कोल रिटाया झन् हर्या विद्युत् धारा उत्पादन गर्न सकिन्छ । फराडेको सिद्धान्तलाई म्याक्स्वेल भन्ने वैज्ञानिकले आफ्नो विद्युत् चुम्बकत्वको सिद्धान्तमा गणितीय समीकरणहरूको रूपमा व्याख्या गरेका थिए ।
विद्युत् चुम्बकत्वको सिद्धान्त रुपी विज्ञान धेरै प्रविधिको रुपमा विकसित भई इनड्युसर, ट्रान्सफर्मर, विद्युतीय मोटर र जेनरेटर जसा कयौँ यान्त्रिक उपकरण बनेका छन् । जलविद्युत उत्पादनको प्रविधि ।
बाँध बाँध्ने विधि :
यो प्रचलित विधि हो । नदीको पानीलाई बाँध बाँधेर जम्मा गरिन्छ आवश्यकताअनुसार पानी छाडेर टर्बाइन घुमाई विद्युत् उत्पादन गरिन्छ । यसका फाइदा र बेफाइदा दुवै छन् । जमेको पानीलाई, माछापालन, मनोरञ्जनको लाग नौका विहार तथा सिँचाइका लागि पनि प्रयोग गर्न सकिन्छ । तर, बाँधहरूले विशेष गरी वर्षा याममा आसपासका क्षेत्र डुबानमा पर्छन् । यसबाहेक स्थानीय जैविक पारिस्थितिक प्रणालीको क्षति, भूमिको हानी, र नदीको धारा बाँध भन्दा तलको जल–जीवहरूको वासस्थान खण्डीकरणले गर्दा जैविक विविधता माथि पनि असर पर्छ । हाउरो देश नेपालजसा धेरै भू–भागमा पहाडबाट द्रुत गतिमा बहने नदीहरू भएको भू–भागमा डाइभर्सन विधि उपयुक्त हुन सक्दो छ ।
डाइभर्सन विधिः
यइ विधिमी घट्टका कुलाई जसो खेतका नहरबाट नदीको एक भागको जल प्रवाहलाई नियन्त्रित रूपमा मोडेर नदीको सतहको उचाइको प्राकृतिक गिरावटको फाइदा लिँदै टर्बाइन घुमाई विद्युत् उत्पादन हुँदो छ । यइका लागि कुलाको बाँध नभया पन हुँदो छ । नदीको मुख्य प्रवाह अवरोध नहुन्या हुनाले जलजीवन प्रणालीलाई इन्ने केइ असर हर्दोइन । जलस्रोतको उपलब्धताका आधारमा नेपालको जलविद्युतको प्राविधिक क्षमता ८३ गिगावाट (GW) रहेको अनुमान हर्याको छ ।
सामान्यतया सबुई प्राविधिक रूपमा सम्भावित जलस्रोतहरू अन्य बाधाहरूका कारण विकसित हुँदैनन् । तसर्थ, लगभग ४२ GW आर्थिक रूपमा व्यवहार्य मान्दाछन् । हाम्रा छिमेकी भारत र बंगलादेशमा मस्तै बिजुली चाहिन्या छ । अइल त्यइ ठाउँ बिजुली आच्छिन । यस्तो अवस्थामा जलस्रोतको उचित उपयोगले नवीकरणीय ऊर्जाको बृहत् उत्पादन गरेर वातावरण संरक्षणसँगै अर्थतन्त्र सुधार गर्न सकिन्छ ।
जलस्रोतको सम्भावनामा काम हरी उत्पादित ऊर्जाले उद्योगहरू सञ्चालन गरेर हाम्री स्थानीय साधन स्रोतको उचित उपयोग गर्न सके नेपाली चेलाहरूले भारत या अरू देशमा झानुपर्ने बाध्यता कम हुन्या छियो । कयौँ नेपाली चेला परदेशबाट रातो बगसमी मरेका लास आउन बन्द हुन्या छियो । जबकी हाम्रा सम्भावनाको सम्पदा त्यसाइ बगेर खेर गयाका छन् । यसो जाउको क्या हुन लाग्यो हाउरा देश ? बगाउनु धन, मार्ना चेला निच्छला कइका हुन्ना । कठ ?
(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुइखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)
फेसबुक प्रतिक्रियाहरु