मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड रुपैयाँ (पूर्णपाठसहित)
मधेस प्रदेश

मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड रुपैयाँ (पूर्णपाठसहित)

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ ।

कुल बजेट मध्ये चालु तर्फ – २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

यता बजेट व्यवस्थापनको स्रोत सुनिश्चिता तर्फ प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ संकलन गरिने जनाएको छ । विभिन्न कोषबाट ३८ करोड रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँड ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ, समानीकरण अनुदानमार्फत ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने ९ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

(पूर्णपाठ सहित)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार