शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मधेश सरकारद्वारा माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग
मधेस प्रदेश

मधेश सरकारद्वारा माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग

 

मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो । मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले शहीद परिवारलाई सम्मान गर्दै चेक प्रदान गरे । उनले पहिलो चरणमा मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई केही आर्थिक सहयोग गरेको र अब घाइते भएकाको उपचारका लागि ध्यान दिने बताए ।
यस्तै शहीद परिवारलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले बिभिन्न तालिम सञ्चालन गर्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार