शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य झाको निधन
मधेस प्रदेश

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य झाको निधन

 

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । करिब डेढ दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको लगातार उपचार भइरहेको थियो । झाका अनुसार पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो भने आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार