शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने :  राष्ट्रपति
मधेस प्रदेश

तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने :  राष्ट्रपति

 

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् । आइतबार रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा राखिन् । चुरे क्षेत्रमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संरक्षणका विभिन्न कार्यक्रम भइरहेको छ ।

राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् । कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । तराइ मधेशमा व्याप्त बोक्सी तथा दाइजोजस्ता कुप्रथाहरु हटाउन स्थानीय स्तरबाटै जनचेतना अभिवृद्धि हुनुपर्ने उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार