शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी
बागमती प्रदेश

भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी परेको छ । उपमेयरमा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार मेयरमा नेकपा एमालेका विजय सुवेदी, नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, लोकतान्त्रिक समाजवादी दलका गणेश गिरी, विवेकशील साझा पार्टीका प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतम शर्मा, राष्ट्रिय नागरिक पार्टीका पूर्णबहादुर गुरुङ, जनमत पार्टीका संजयकुमार ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लक्ष्मण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका सुरेन्द्र परियार र सामाजिक एकता पार्टीका खेम प्रसाईंले उम्मेदवारी दर्ता गरे।

त्यस्तै मेयरमा जगन्नाथ पौडेल, उद्धव अर्याल, सुमन अधिकारी, योगलाल श्रेष्ठ, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसअघि हिजो (आइतबार) भरतपुरको मेयरमा नेकपा मालेका सूर्यप्रसाद रेग्मी, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय मुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र वस्ती, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।

भरतपुर-११ का रुद्रप्रसाद सापकोटा, भरतपुर-१६ का मोहित पाण्डे, भरतपुर–१ का यमकान्त शर्मा, भरतपुर-१ का रामकृष्ण ओझा र भरतपुर-८ का हरिश्चन्द्र घिमिरेले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूमा गरेर १५ जनाले वडा अध्यक्ष, १५ जनाले वडा सदस्य र ३ जनाले महिला वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारीले उम्मेदवारी दर्ता गरे । राप्रपाले हिमला गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ भने विवेकशील साझा पार्टीले पुष्पा सापकोटालाई उपमेयरको उम्मेदवार बनाएको छ ।

राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, नेकपा मालेकी इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीकी मीना मगर, मंगोल नेसनल अर्गनाइजेसनकी सुस्मा तामाङ, राप्रपा नेपालकी कल्पना थापा र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीकी कौशिला खत्रीले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी रविचन्द्र अधिकारी, पवीत्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार