शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • डोल्पाको काइके र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा राना र गुरूङ निर्विरोध
समाचार

डोल्पाको काइके र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा राना र गुरूङ निर्विरोध

डोल्पा । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि समाजवादीका उम्मेदवार नै निर्विरोध हुने भएका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार