शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कबड्डी संघकाे अध्यक्ष्यमा नगरकाेटी निर्वाचित
बागमती प्रदेश

कबड्डी संघकाे अध्यक्ष्यमा नगरकाेटी निर्वाचित

काठमाडौं । ललितपुर जिल्ला कबड्डी संघकाे प्रथम अधिबेशनबाट अध्यक्ष्य पदमा सुजन नगरकाेटी सर्वसम्वत रुपमा निर्वाचित भएका छन् ।

जिल्ला खेलकुद विकास समितीकाे सभाहलमा आयाेजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनाेद महर्जन र अखिल नेपाल कबड्डी संघका महासचिव बिनाेद प्रजापतिकाे उपस्थितीमा अधिबेशन सम्पन्न भएकाे थियाे ।

जिल्ला विभिन्न पालिका बाट आएका प्रतिनिधिहरुले प्रथम अधिबेशनमा अन्य पदाधिकारीहरुलाई पनि सर्वसम्मत रुपमा चयन गरेका छन् ।
उपाध्यक्ष, सचिब, काेषाध्यक्षमा क्रमश आकाश महर्जन, राजमणी आचार्य, मनिष महर्जन सहित ११ सदस्य जिल्ला कार्यसमिती बनेकाे नव निवार्चित अध्यक्ष्य सुजन नगरकाेटीले बताए ।

जिल्लामा कबड्डी खेललाई नया उचाईमा पुर्याउन बार्षिक तथा दिर्घकालिन याेजना आफुसग रहेकाे बताउदै निर्वाचित अध्यक्ष नगरकाेटीले भने, खेलमा परम्परागत प्रक्रिया साेच र बिचारलाई परास्त गरी नयाँ र बैज्ञानिक ढन्गबाट अगाडि बढ्नु अहिलेकाे आवश्यकता हाे ।

अध्यक्ष नगरकाेटीले कबड्डी खेल मात्र नभई जिल्ला तथा देशका सबै खेलकुद संघ हरुमा युवा पुस्ताहरुले नेतृत्व गरेर खेल विकासमा याेगदान दिनुपर्ने बताए ।

त्यस्तै निर्वाचित पदाधिकारीलाई बधाई दिदै लामाे समय कबडडी प्रशिक्षककाे भुमिका निर्वाह गर्नुभएका तर्कराज भट्टले खेलकुद विज्ञानमा स्नाकाेतर गरेका उर्जावान युवा सुजन नगरकाटीले जिल्ला कबड्डी संघकाे नेतृत्व गरेकाे हुदा अब साच्चिनै खेलकाे विकासमा परिणाममुखी बिकास हुनेमा बिश्वास रहेकाे बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार