शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • महाशिवरात्री पर्वकाे सबै तयारी पूरा
बागमती प्रदेश

महाशिवरात्री पर्वकाे सबै तयारी पूरा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको बताएको छ । आज शुक्रवार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको बताए । उनले महाशिवरात्रिमा भक्तजनलाई पूजा आराधनाका लागि शनिवार बिहान ३ बजेदेखि चार वटै ढोका खुला गर्ने बताए । उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नुनपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको पनि जानकारी दिए ।

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर रहनेछ । मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ । मेला क्षेत्र र दर्शन मार्गलाई लक्षित गरी सीसीटीभी क्यामेरा जडान गर्ने, दर्शन मार्गमा ब्यारिकेड जडान लगायतको काममा र मन्दिरभित्र भिड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका चार हजार स्वयंसेवक रहनेछन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी झन्डै ५० वटा स्वास्थ्य शिविर रहेनछन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन मार्ग, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक बाग्मतीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।
त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । त्यस्तै कोषले प्लास्टिक, काँच, सिसाजस्ता फुट्ने प्रकृतिको कप, प्लेट र सामग्रीहरूको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रूपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट—१ लाइन, मित्रपार्क—जयबागेश्वरी—इँटापाखा भएर भुवनेश्वरीको फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एअरपोर्ट—तिलगङ्गा भएर पिङ्गलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय—पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरीरूपमा तीन ठाउँबाट दर्शन लाइन रहनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार