शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • अभिनेत्री अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिइन्
सेलिब्रेटी

अभिनेत्री अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिइन्

अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिएकी छन्। व्यवसायी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन्। एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । केकी र रोहित दुवैले विवाहबारे नखुलाए पनि बुधबार साँझ सामाजिक सञ्जालमा  मेहेन्दी समारोहको तस्बिर बाहिरिएको थियो। बुधबार दिउँसोदेखि नै उनीहरूको विवाह भएको विषयमा चर्चा भएको थियो।उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए।बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी छन्। उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन्।

रोहित एक व्यवसायी हुन । रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा फुडमारियोका सह-संस्थापक एवम् सिइओ हुन्।

फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी केकीले ‘मसान’, ‘आइएम सरी’, ‘श्री पाँच अम्बरे’, ‘फन्को’, ‘बागमती’, ‘भाग सानी भाग’, ‘नाइ नभन्नु ल ५’, ‘कोहलपुर एक्सप्रेस’, ‘छ माया छप्पकै’ लगायत दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्।उनी यतिबेला फिल्म ‘बोक्सीको घर’ र ‘सिल्ली फो’ को प्रदर्शनको पर्खाइमा छिन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार