बिहिबार, भदौ २७, २०८१
  • होमपेज
  • बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले बलात्कार नगरेको भन्दै नाबालिगले बयान दिईन
सेलिब्रेटी

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले बलात्कार नगरेको भन्दै नाबालिगले बयान दिईन

 

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार नगरेको भन्दै पीडित नाबालिगले बयान दिएकी छन्।जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । ‘हामीसँग जाँदा बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्,’ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन्।’ अदालतले पीडित नाबालिगसँग आइतबार बकपत्र गरेको थियो। बकपत्रमा बयान फेरिए पनि पुष्टि हुन गाह्रो हुने शर्माले बताए। ‘पीडितले करणी नै नभएको भनेकी छिन्, बयान फेरिँदैमा पुष्टि कहाँ हुन्छ र,’ उनले भने। अभिनेता पलले पोखरा, तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै १७ बर्षीय नाबालिगका परिवारले प्रहरीमा जाहेरी दिएको थियो।

तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते पीडित परिवारले जाहेरी दिएका थिए। उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई बलात्कार अस्विकार गरेका थिए भने मध्यरातमा मदिरा पिएर नाबालिगको कोठामा पुगेको स्विकार गरेका थिए। पलको सोही स्विकारोक्तीका आधारमा तनहुँ अदालतले मध्यरातमा नाबालिगको कोठामा जानुको औचित्य पुष्टि नभएको भन्दै थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार