शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • खानको सुरक्षाको लागि आयोजकद्वारा सरकारसँग १५ सय जना सुरक्षाकर्मीको माग
बलिउड/हलिउड

खानको सुरक्षाको लागि आयोजकद्वारा सरकारसँग १५ सय जना सुरक्षाकर्मीको माग

 

कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ । आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने बताएका छन् । कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्नेछन् । आयोजकले सलमानलाई सात जना पीएसओ प्रदान गर्ने तयारी गरेको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान खान काठमाडौं आउन लागेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार