आइतबार, जेष्ठ ६, २०८१
  • होमपेज
  • वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा
फुटबल

वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा

वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।

उपाधिका लागि फ्रेन्ड्सले आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार