शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
सेलिब्रेटी

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् । पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ । चिकित्सकले अहिले पल्पसाको अवस्था सामान्य रहेको जनाएका छ ।
पल्पसालाई अझै एकसाता अस्पतालमै राखिनेछ भने मिर्गौला दान दिएका अजुलाई चार दिनसम्म राखिनेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । खर्च जुटाउन संघले पहल गर्ने पनि चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । ‘खर्च जुटाउन कलाकार संघको संयोजकत्वमा समिति बनाउने तयारी गर्दैछु,’ अध्यक्ष खड्काले भने, ‘चलचित्र विकास बोर्ड मातहतको कल्याणकारी कोषबाट समेत सहयोग गर्न पहल हुनेछ ।’
पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार