बिहिबार, जेष्ठ २, २०८२
  • होमपेज
  • मण्डला नाटकघर स्थापनाको १२ वर्षपछि थापागाउँस्थित आफ्नै भवनमा स¥यो
समाचार

मण्डला नाटकघर स्थापनाको १२ वर्षपछि थापागाउँस्थित आफ्नै भवनमा स¥यो

स्थापनाको १२ वर्षपछि मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनमा सरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नयाँ नाटकघर उद्घाटन गरे । उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’को पनि अवलोकन गरे । कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको बताउँदै उनले मण्डलाको नाट्य यात्राको सफलताको कामना गरे । २०० सिट क्षमताको ठूलो अडिटोरियम र बाल नाट्यकक्षसहित दुईवटा नाटक घर रहेको नयाँ मण्डलामा अन्य सुविधा पनि उपलब्ध छन् । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफ्नै नाटकघर निर्माण गरेको थियो । नयाँ भवनमा नाटकघरसहित क्याफे, पुस्तकालय, पार्किङ र रेसिडेन्सी आवाससम्मको सुविधा उपलब्ध छन् । नयाँ भवनमा आउटडोर पर्फमेन्स गर्न मिल्ने सुविधा पनि छ । बिहीबारदेखि मञ्चन सुरु गरिएको नाटक ‘रोगन’ नियमित रुपमा मण्डलामा प्रदर्शन सुरु भएको छ । राजन खतिवडा निर्देशित नाटकलाई संयोग गुरागाईंले लेखेका हुन् । अहिले मण्डलासँग पाँचवटा नाटक पाइपलाइनमा रहेको जानकारी सचिव समेत रहेका अभिनेता विजय बरालले दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार