आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  •  लोक गायक तथा कलाकार लामाको निधन
सेलिब्रेटी

 लोक गायक तथा कलाकार लामाको निधन

 

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो। राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार