शनिबार, साउन १२, २०८१
  • होमपेज
  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्रौँ चरणको खेल सुरु हुँदै
फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्रौँ चरणको खेल सुरु हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्रौँ चरणको खेल सुरु हुँदैछ । आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब दिउँसो १ बजे खेल्दैछन् । दुवै टोलीलाई रेलिगेसनमा पर्नबाट जोगिन जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर अङ्कतालिकाको १२औँ स्थानमा छ । समान खेलमा च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ ।
यस्तै दोस्रो खेलमा ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दैछन् । मच्छिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा छ । थ्री स्टार १८ अङ्ककासाथ चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार