बिहिबार, भदौ २७, २०८१
  • होमपेज
  • भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको निधन
सेलिब्रेटी

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको निधन

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।
उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । ‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार