आकाश जति गड्गड्याए पनि कार्तिक २ गतेसम्म राम्रै चल्दै थियो खातीगाउँबासीको दैनिकी । तराइको जस्तै उब्जनी हुने जिउलो (खेतीयोग्य जमिन)ले उनीहरुलाई कहिल्यै चिन्ता लिनु परेको थिएन । आफूलाई पर्याप्त भएर उत्पादित बस्तु बिक्रीसमेत गर्थे उनीहरु । खातीगाउँको आगनमै सडक, अगाडि जिउलो, पारीपट्टी विद्युत स्टेशन, वरपर डाडाँकाडा बीचमा सलल बगिरहेको जडारीगाडको सुन्दरताले पर्यटकीय क्षेत्रको झल्को दिइरहेको […]