शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बदर र सदर मतमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित
बागमती प्रदेश

बदर र सदर मतमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित

चितवन । भरतपुर महानगरपालिकामा मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर र बदर मतमा विवाद भएपछि मतगणना रोकिएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना पुनः सुरु गर्ने तयारी भइरहेको छ । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि आइतबार पनि भरतपुर मतगणना स्थगित भएको थियो ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल ५ हजार ३८२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ५ हजार ३६७ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार