बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बेरोजगार युवालाई आयमुलक तालिमसँगै रोजगारको व्यवस्था गर्छु : शेखर श्रेष्ठ
बागमती प्रदेश

बेरोजगार युवालाई आयमुलक तालिमसँगै रोजगारको व्यवस्था गर्छु : शेखर श्रेष्ठ

काठमाडौं । हजारौं युवालाई रोजगारी दिने शेखर श्रेष्ठ काठमाडौंको टोखा नगरपालिकामा मेयर पदका प्रत्याशी हुन् । उनले साहारा राइड सेयरिङ एपमार्फत् युवालाई नेपालमै रोजगारी दिइरहेका छन् ।

प्रविधिको प्रयोगमार्फत् उनले युवालाई आत्मनिर्भर बनाएका छन् । लायन्स क्लव अफ काठमाडौं देउरालीका चाटर प्रसिडेन्ट, धापासी जात्रा व संस्कृति संरक्षण पुचका सचिव तथा विजनेश ग्रोथ कम्पनी (साहारा राइड सेयरिङ) का अध्यक्ष रहेको उनी स्थानीय गुठिका साथै विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व गरिसकेका छन् ।

विगत लामो समयदेखि स्थानीय स्तरको विकास निर्माणमा सक्रिय रहेका उनी जनतामा लोकप्रिय रहेका छन् । बोलेको कुरा जसरी नी पुर्‍याउने उनको स्वभाव रहेको स्थानीयहरु बताउँछन् । गर्न सक्ने काम मात्र भन्ने र त्यसलाई पूरा गर्ने उनको स्वभाव रहेको छ ।

टोखा नगरपालिकाको विकासको लागि शेखर श्रेष्ठ आए टोखाले मुहार फेर्ने स्थानीयहरु बताउँछन् । उनले स्थानीय उद्योगहरुमा सुहलियतमा विद्युत उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् । ‘साथै बेरोजगार युवालाई आयमुलक तालिम दिएर रोजगारीको व्यवस्था गर्छु,’ उनले भने ।

युवालाई देशमा नै रोजगारीको लागि स्थानीय कृषि, पर्यटन, उद्योगको प्रवर्द्धन गरेर आयात कम गर्ने र देशमा नै रोजगारीकोे अवसर सिर्जना गर्ने मेरो मुख्य लक्ष्य हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार