बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • काठमाण्डौ उपत्यकावासीका धारामा वैशाख ११ गतेदेखि मेलम्चीको पानी वितरण गर्न खानेपानी तथा सरसफाइ मन्त्री चौधरीद्वारा निर्देशन
बागमती प्रदेश

काठमाण्डौ उपत्यकावासीका धारामा वैशाख ११ गतेदेखि मेलम्चीको पानी वितरण गर्न खानेपानी तथा सरसफाइ मन्त्री चौधरीद्वारा निर्देशन

 

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाण्डौ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले निर्देशन दिएका हुन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्चीको मुहानबाट गएको चैत ३० गते सुरुङमा हालिएको पानी हिजो सोमवार राति सुन्दरीजलमा आइपुगेपछि आज मङ्गलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिए । संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिए। काठमाण्डौ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उनले आह्वान गरे । मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका ठाउँमा सडक विभागसँग समन्वय गरेर मर्मत गरी सडक पुनर्निर्माण गरिने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार