शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • महासंघको स्थापना दिवसमा कोभिड प्रभावबारे अन्तरक्रिया
बागमती प्रदेश

महासंघको स्थापना दिवसमा कोभिड प्रभावबारे अन्तरक्रिया

काठमाडौं । नेपाल पत्रकार महासंघले ६७ औ स्थापना दिवसमा कोभिड १९ को प्रभावबारे अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

बुधबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनमा मन्त्री कार्कीले कोभिडको समयमा पनि पत्रकारले पेशागत मर्यादालाई जोखिम नभनेर बहन गरेको भन्दै प्रशंसा गरे । उनले पत्रकार तथा सञ्चार संस्थाले थप जिम्मेवारी हुन पेशागत सन्तुलित तथा मर्यादीत हुनुपर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार संस्था तथा सञ्चारकर्मीलाई पेशागत सुरक्षामा सरकारी निकायले ध्यान दिनुपर्ने बताए । ‘पत्रकारले समाचार लेखेकै भरमा कतिपय ठाउँमा असुरक्षित हुनुपर्ने अवस्था छ । समाचारमा असहमति भए सम्बन्धित निकायमा उजुरी गर्नुभन्दा उल्टै पत्रकारलाई धम्क्याउनु दुखद हो,’ उनले भने, ‘राज्यबाट पनि सञ्चार संस्थाले पाउने सेवा सुविधामा विभेद गरेको पाइन्छ ।’ साना मिडिया र ठूला मिडियाले पाउने सेवा सुविधामा एकरुपता हुनुपर्ने बताए ।

अन्तर्क्रिया कार्यक्रममा पत्रकार महासंघका महासचिव रोशन पुरीले पछिल्लो २ वर्षमा कोरोना भाइरसले पारेको संकट र महासंघको संघर्षबारे आफ्नो प्रस्तुति दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार