बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • ‘माता भया जोगी लाग्दा, त्याँ पन डरै छ’
बझाङी भाषा

‘माता भया जोगी लाग्दा, त्याँ पन डरै छ’

चेली-बेटीको सुरक्षा एउटा गम्भीर मुद्दा

पशुपतिको जात्रा सिद्राको व्यापार भन्या जह कथा वाचन, कोटी होम जसा सामाजिक-धार्मिक काम हुन्या ठौर झिक्कै फरक-फरक जात लिङ्गका अनेक काम हर्न्या माइस आउँदा । नेता, मिडियाका रैबार्या, टिकटकमी नाउँ चल्याका (भाइरल) गाँठा-गुठिल्ना पन लाइक र फलोवर बढाउनाकी लागी अन्टसंट शेयर हर्न त्यौडाई लाइभ बस्याका हुना ! गयाका केही हफ्तामी काठमाडौँको पशुपति क्षेत्रमी मानव सेवा आश्रमले ललितपुरमी मुल्या गाँठा-गुठि बस्नाकी मामाघर अनाथालय र भक्तपुरमी बड्डा-बड्डी बस्नाकी छोरीको घर ज्येष्ठ नागरिक आश्रम बनाउनाकी सहयोग उठाउन साउना मैनाभरि कोटि होम लगाउँदै छ । त्यहीँमी झिक्कै कथा वाचक आया पन संजालमी मस्त जन्जाल दुई नेपाली मुलकी कथावाचिका चेलीका लाग्दा भयो ! एक – भारतहै आयाकी देवी प्रतिभा रे लन्डनबाटी आएकी चन्द्रकला सखी !

यो लेख कोई माईसकी औँला धेकाई माचा हर्नाकी होइन प! समाज राम्डै बनाई झिक्कै अघि बढ्नाकी विज्ञान रे धर्मको भूमिका बारे सम्झाउनाकी हो। त्याहाईले मु मेरा गन्थन विज्ञान रे धर्म भन्याको क्या हो भन्ने बाटी सुरु हर्दो भयां हा त।

विज्ञान बर्माण्ड बुझ्नाकी प्रकृतिका घटनाको अध्ययन/अनुसन्धान हो। वैज्ञानिक विधिको (Scientific Method) पहिलो खुड्किलो प्रश्न गर्नु नै हो । कुनै सोधको निष्कर्ष साझा गर्न कुनै प्राकृतिक घटनाको (Phenomena) अवलोकन पछि त्यो घटनाको पछाडि रहेको कारण पत्ता लगाउन केही प्रस्तावित प्रश्नहरूको परिकल्पना (Hypothesis) हर्नु पड्डो छ। वाँछि त्यो परिकल्पनाको परीक्षण हर्न प्रयोग (Experiment) हरी तथ्याङ्कको विश्लेषण (Data Analysis) हरी निष्कर्ष निकाल्दा छन् । वैज्ञानिक तथ्याङ्क बिना मनौडो आयाको ओडा न पुँडाका कुडा हर्दाइन । धर्म भन्याको परोपकार गर्नु हो। परोपकारः पुण्याय पापाय परपीडनम्। सहिष्णु भई आफ्नो कर्तव्य पालन गरी मिलेर बस्नु, वसुधैव कुटुम्बकम् भन्ने भावका साथ सबैमा उनै परमात्मा छन् भन्ने भावले सम्पूर्ण मानव जातिलाई आफ्नै परिवार सरह देख्नु । पाप भन्याको अरूलाई पिडा दिनु। अरूका साना गल्तीमा पनि निन्दा गर्नु, खिसी हर्नु पन पापै हो ।

वैज्ञानिक विवेचना हर्नु र धर्मको पालना हर्नु । नैतिक शिक्षा दिन पौराणिक कथा वाचन या धर्म ग्रन्थका व्याख्या हर्दा विज्ञान सात केइ साइनो नभयाका कुडा जोड्या आजको वैज्ञानिक युगका माईस यो कहो जाउको भयो भन्याइ हुन् ! प्रश्न गर्न्या हुन् ।

कोटी होममी प्रवचन हर्दा लन्डनबाटी आएकी चन्द्रकलाले ‘गोरुको प्रिय भोजन मयूर’ भन्यापछि सामाजिक सञ्जालमा ट्रोल भयाकी हुन ! हाड नभयाको जिब्ड़ो काइथि सब्बुको चिप्लिँदो । उनले शिव परिवार सँग पारिस्थितिक प्रणालीको वैज्ञानिक अवधारणा नजोडेको भए “गोरुको आहारा मयूर’ हो भन्ने शब्दलाई हाड नभयाको जिब्डो रड्यो भनी केइ भन्ने छियाइन प ।

पार्वतीको बहान सिंह शिवजीको बहान गोरु आहार त्यस्तै शिवजीको गलामा सर्पलाई कार्तिकेयको बहान मयूर । इकोलोजी सिस्टम (पारिस्थितिक प्रणाली) मा सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु अनि मयूरको प्रिय भोजन सर्प भन्ने वाक्यहरू माझ “गोरुको अत्यन्त प्रिय भोजन मयूर हो” भन्ने जिब्ड़ो चिप्लाई यती ठुलो हुन्या छियैन प । धार्मिक शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा नभया जह सब विज्ञान मान्ने जिज्ञासु र धर्म मान्ने श्रद्धालु मिली बस्न्या छिया । चन्द्रकलालै भन्या जह जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ? कार्तिकेयले भुँडे गणेश भनेर कहिल्यै ट्रोल गरेनन् !

कथा सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला,

आशु झार्ने टिकटकमा भाइरल भइजाला,

केही दिनपछि आफ्नै कथा भन्दै

मिडियामा लाइभ आइजाला !

अब भारतहै आयाकी देवी प्रतिभाका आसपास भएका अंगरक्षक र उनको महिलाको सामाजमी भूमिका र सम्बन्ध विच्छेद भन्या कुडो हाम्रा शास्त्रमी नभयाको भन्ने प्रवचनको प्रसंगमा हाम्रो समाजको पुरुष प्रधान सोचको चर्चा हरौँ । मुथी भन्या जह यो लेख कसुकी औँला धेकाउनाकी होइन प, समाज प्रगतिशील बनाउनाकी विज्ञान रे धर्मको भूमिका बारे हो ।

कृष्ण कँडेल, सन्दिप लामिछाने, पल शाह भाइरल हुन्या देशमी, गाउँ घरौँडो रक्सी खाई जोई कुट्न्या, छोरो पाइन या बुढी भइ सौता हल्न्या, छाउपडी र सुत्केरीलाई बार्न्या ठौर केही चेलीबेटी धार्मिक कथा भनी भाइरल हुनु सकारात्मक कुरा हो! एक सय पचास वर्ष अघि कथा वाचक सती प्रथा ठिक, सय वर्ष अघि जातीय विभाजन ठिक, पचास वर्ष अघि देउकी प्रथा छियो, महिलाले महिनावारी हुँदा भान्सा, मन्दिर नजानु भन्दा छिया! केही आज पन भन्दा हुन्ना । घरेलु हिंसा र वैवाहिक बलात्कार हुन्या समाजमी महिलालाई बढी सुरक्षा हुनु पन निकै हो! अब कथा वाचिकाकी ‘बडी गार्ड’ क्या चाहिया भनौला ?

भारतका बलात्कार मुद्दामा जेल परेका आशाराम बापू र स्त्री द्वेसी, जातीय भेदभाव गर्ने धिरेन्द्र शास्त्रीका अन्ध समर्थकको कमी आछिन नेपालमै राम बहादुर बम्जन, बलात्कार मुद्दाका अभियुक्त सिद्ध बाबा भनिने कृष्णबहादुर गिरी जस्ता यौन दुराचारीका चरण वन्दना गर्ने भक्तजन मस्तै छन् । यसाउँडो देवी, कथा वाचिका र माता काउडा सुरक्षित छन् ?

माता भया जोगी लाग्दा त्याँ पन डरै छ !

बझाङ या ब्याङ्लोर रक्सी खाई लोग्न्याले हर्याको घरेलु हिंसा सई नसकी कति चेलीबेटी पोइल गयाका या अनेक काण्ड हुँदा चेलीबेटीका फोटा सहित संजालमी हाली गाली हर्न्या भाइरल ‘अभियन्ता’ हरुको कमी आछिन हाम्रा समाजमा । अब कथा वाचीका पनि हाम्रै चेली हुन् बचपन देखी पुरुष प्रधान सोच भएको समाजले जे सिकायो उनका वाणीमा त्यही झल्किन्याई हो! माता दुर्गा र कालीले हाम्री कथा वाचिका चेलीबेटीहरूलाई शुम्भ-निशुम्भ, महिषासुर प्रवृत्ति भएकाहरू विरुद्ध आवाज उठाउन सक्ने शक्ति प्रदान गरुन् ! श्री पशुपति नाथले सबैका आँखा उघारुन् !

उनले बोल्याका शब्द मध्ये ‘शास्त्रमा सम्बन्ध विच्छेद भन्ने शब्द नै छैन’ भन्ने कुडामि तर्क वितर्क भए तर ‘महिलाले पतिले जे भन्यो त्यही सहेर बस्नुपर्छ’ भन्या जुग आछिन प अब । यो विषाक्त भालेवादी सोचको समाधान क्या होला त ?

झिक्कै लोग्न्या मात्तै हुन्या कथा वाचनमा चेलीबेटीको उपस्थिति आफैमा गर्वलाग्दो कुडो हो । बोल्न पाउन पन मञ्च र माइक पाउनु पडयो । अवसर पाउनु राम्रो। सुरु-सुरुमा काम हर्दा गल्ती गर्दै सिक्ने हो । जीवनमा गल्ती नगरी गहिरो अनुभव हासिल हुन्न । धेरै पुरुष कथा वाचक बाट पनि विगतमा कति गल्तीहरू भए होलान्, त्यति बेला अहिले झैँ यसै गरी ट्रोल भाइरल भयाईन। समस्या चेली बेटीले स्वयम्ले स्त्रीद्वेसी अनि रुढीवाद प्रश्रय दिने गरी बोल्नुमा हैन । समाजले उनलाई क्या शिक्षा दियो भन्या हो । क्या हामुले छोरीकी आजको युग सुहाउँदो वैज्ञानिक सोच, स्वतन्त्रता र आत्म निर्भर भएर बाँच्ने संस्कार दियौँ  ? या उही गुज्रियाको जमानाको रूढीवादी कुरीतिको भारी मात्तै बोकायौँ  ?

चेली-बेटीको सुरक्षा एउटा गम्भीर मुद्दा हो । समाचारमा महिला हिंसाका घटना बारम्बार आई रदा छन् । बलात्कार,एसिड प्रहार जस्ता जघन्य अपराध बाहेक अरु पन धेरै प्रकारका यौन हिंसा हुँदा छन् । हामुले हाम्रा चेलाखी बाटोमी बसी छोर्याँटी हेर्दै नबस मात्तै भनी पुग्दैन । उनुखी कसरी आफ्ना सत्या छोर्याँटीटी सँग मर्यादित भइ व्यवहार हर्ने भन्ने शिक्षा दिनु जरुरी छ । माया पिरम धेकाउन्या पन ठौर र थिति हुँदो छ । कसुकी पच्छ्याउन्या, सिटी बजाउन्या, अप्ठ्यारो हुने गरी घुरेर हेर्न्या र सार्वजनिक यातायातमा अवाञ्छित रूपमा विपरीत लिङ्गीको स्पर्श पनि यौन हिंसा नै हुन् । यै बाहेक प्रेम पत्र लेख्न्या, पोस्ट कार्ड दिन्या , मेसेज , टेक्स्ट पठाउन्या, कल हर्न्या र कसैका गोप्य व्यक्तिगत फोटा, भिडिया सब्बुखी सार्वजनिक हर्न्या जस्ता क्रिया कलाप कसैको सहमति बिना गरिन्छ भने त्यो पन यौन हिंसै हो ।

यी मध्य कुनै हर्कत हाम्रा छोरा बाटी भए “हामी यस्तै त हो नि ब्रो” भनी मतलब नहर्नुले यस्ता क्रियाकलाप हर्न प्रेरित गर्न सक्छ। २१ औँ शताब्दीमा छोराले जे गरे पनि चल्छ र छोरीलाई “कुलको नाक” काट्ने काम नगर्नु भनी आफ्नो अपेक्षा र असुरक्षा लाद्नु कति जायज छ त ? संविधानले छोरा छोरी दुमैको बारबार हक लाग्ने भन्या पन छोरा ‘बुढेसकालको लौरो’ र छोरीलाई ‘पराई घरको नासो’ ठान्ने प्रवृत्ति अझैँ विद्यमाननै छ । छोराले गर्लफ्रेन्ड घर ल्याए छोरो ‘ठुलो’ हुदो तर छोरीले ब्वायफ्रेन्ड ल्याई आया हमुखी ‘अप्ठ्यारो’ लाग्दो ।

विकसित देशमा छोरा -छोरी बिच यहो भेदभाव हुँदैन प किनकि छोराभन्दा छोरीले नै बुढेसकालमा बुवा आमाको हेरविचार हर्याको धेकिन्छ। छोरीकी उज्याला टाला रे गहना दिनु राम्डो तर उनलाई गुणस्तरीय शिक्षा दिनु, सही र गलत छुटाउन सक्ने ज्ञान दिनु झनै राम्डो । उनलाई कसैको घर जानखी मात्त नभई आफ्नै घर बनाउन सक्ने क्षमता विकास गर्न प्रेरित गर्नु पर्छ । त्यसपछि श्रवण कुमार र पुण्डरीक जस्तै श्रवणी कुमारी र पुन्डरीकाक्षीले पनि वृद्धावस्थामा आफ्ना माता-पिताको सेवा हर्याका र भगीरथ जस्तै भागीरथीले पनि अनवरत प्रयत्न हरी आफ्ना पुर्खाको उद्धार हर्याको, मोक्ष दिलायाको कथा कोटी होममा सुन्निन्या छन् ।

प्रेम से बोलो ना सबै देवीको जय! सब्बै चेलीबेटीको स्वतन्त्रताको जय  !!

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार