शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार पुग्यो
बजार

सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार रूपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै