शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाम-२ मा डम्मर खड्का, बझाङमा अभिषेक सिंह
Breaking News

कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाम-२ मा डम्मर खड्का, बझाङमा अभिषेक सिंह

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।

यसअघि इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए । पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै