आइतवार, असार ८, २०८२
Breaking News

तस्करहरूले सुन लुटे झैँ

फूलहरू फक्रिए मिर्मिरेमा तिमी उठे झैँ
ओसको सुवास छ, तिम्रो पसिना छुटे झैँ

डाँका ढाल्यौ तिमीले यो मनमा दिन दहाडै
विमानस्थलबाट तस्करहरूले सुन लुटे झैँ

तिम्रोपछि पर्ने आवाराहरूलाई एक दिन
गोद्न मन छ राजेश दाइले गुन्डा कूटे झैँ

अविश्वास बढी यो मुटुको तीन चीरा भयो
२०७७ ताकाको त्यो सिङ्गो नेकपा फुटे झैँ

हाम्रो मायाविरुद्ध लाग्या छ पुरै जमाना
ओली विरुद्ध ५ दलको गठबन्धन जुटे झैँ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार