बिहिबार, कार्तिक २२, २०८१
  • होमपेज
  • प्रधानमन्त्री भएको बेला खुद्रे काममा अल्झिनु हुँदैन : उपेन्द्र यादव
Breaking News

प्रधानमन्त्री भएको बेला खुद्रे काममा अल्झिनु हुँदैन : उपेन्द्र यादव

मोरङ । समाजवादी मोर्चाका नेताहरूले मुलुकको संकट समाधान, स्थिरता र असमानता अन्त्य गर्न मोर्चा निर्माण भएको दाबी गरेका छन्। आज विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले मोर्चा कसैको विरूद्ध नभई मुलुकको निकासका लागि बनाइएको बताए।

‘कांग्रेसकै केही साथीहरूलाई भ्रम परेको रहेछ, यस्तो भ्रमबाट मुक्त हुनुस्’, यादवले भने, ‘विकास, शान्ति, स्थिरता र समृद्धिका लागि मोर्चा बनेको हो। तर, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध उभिनेहरूविरूद्ध मोर्चा सशक्त रूपमा पेश हुनेछ।’

मुलुक सानासाना कुरामा अल्झेको बताउँदै उनले कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने, ‘तपाईंजस्तो क्रान्तिको कमान्डर प्रधानमन्त्री भएको बेला खुद्रे काममा अल्झिनु हुँदैन।’ एक अर्को प्रसंगमा यादवले कोशी नामबारेको जनताको आक्रोश सम्बोधन हुनुपर्ने बताए।

‘प्रधानमन्त्रीज्यूका लागि अवसर छ, हामी साथमा छौं’, उनले भने, ‘अहिले नगरे कहिले गर्ने? तपाईंले नगरे कसले गर्छ?’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक पेचिलो अवस्थामा पुगेका कारण मोर्चा जरूरी भएको बताए।

‘जब मुलुक समस्यामा पर्छ, माओवादीहरू एक हुन्छन्, कम्युनिस्टहरू एक हुन्छन्’, उनले भने, ‘समाजवादीहरू एक हुन्छन्। अहिले मुलुकको निकासका लागि हो।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार