शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आहा ! समावेशी क्रिकेट टोली !
Breaking News

आहा ! समावेशी क्रिकेट टोली !

साझा नेतृत्वमा कप्तान रोहित पौडेल
कुशल छन् सब, मल्ल हुन् या भुर्तेल!

यता बाहुन ढकाल, लामिछाने नामी
सँगै भीम सार्की अनि सोमपाल कामी

पश्चिमदेखि अर्जुन साउँद, ऐरी माझमा
मधेसबाट महतो आए अनि गुल्सन झा!

कडा केसी करण, अनि जिसी प्रतिश
सबै सँगै साथमा छन् राजवंशी ललित

आरिफ, आसिफले झारे पाकिस्तानको शेख
नेपाली टोली एक, झल्किने विविधता अनेक

सप्तरङ्गी निधारको भाइटिका, बहुरङ्गी होली
अहा! कति समावेशी छ नेपाली क्रिकेट टोली !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार