शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
Breaking News

गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार