शनिबार, जेष्ठ ५, २०८१
समाचार

नेपाललाई ३४३ रनको लक्ष्य

काठमाडौं । बाबर आजम र इफ्तिकरको शतकीय पारीमा पाकिस्तानले नेपाललाई एसियाकप क्रिकेटको उद्घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो । पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए ।

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे । पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाललाई इतिहास रच्ने मौका छ । त्यस्तै पाकिस्तान पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार