शनिबार, जेष्ठ ५, २०८१
Breaking News

मलाई ‘म’ मात्रै मन पर्छ !

‘अरू’ मन पर्दैन ! मलाई ‘म’ मन पर्छ !

मार्क्सवादमा म, माओवादमा म

बिपीको समाजवादमा म, मधेसवादमा म

मण्डलेहरूमा त झन् म नै म !

मुसोलिनिमा म, महेन्द्रको म बाँकी रहोस्

म मरे पनि मेरो क्रेज बाँची रहोस् !

हामीभित्र म, दामीभित्र म

नामीभित्र म, हरामीभित्र पनि म !

धर्ममा म, राममा म, हनुमानमा पनि म !

म नै हुँ बाटै नहेरी गुड्ने डोजर

दल, व्यापार, ठेक्का या टेन्डर

सबैभन्दा चल्ने मःम सेन्टर !

मिडियामा म, मिडियाबाजीमा म

मलाई मात्र म मन पर्छ ।

म बाहेक ‘अरू’ मन पर्दैन

राम्रो म ! मलाई हामीहरू या तिमीहरू मन पर्दैन !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार