शुक्रबार, जेष्ठ ४, २०८१
Breaking News

बझाङ बनाऔँ, खप्तड चिनाऔँ !

शिरमा छ साइपाल, छातीमा सुर्मादेवी ताल
खप्तडको सुन्दरता अब, हेर्न आओस् नेपाल !

कति सुन्दर छ सुदूरपश्चिम संसारलाई देखाऔँ
आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड चिनाऔँ !

आफ्नै संस्कृतिमा गर्व गरौँ, आफ्नै कलामा रमाऔँ
देउडा गाऔँ, खेल लगाऔं, बान्नीका चैतला राम झाउ

कति निको छ बझाङी भाषा, सब्बुकी सुनाऔँ
आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड चिनाऔँ

जयपृथ्वीले श्रीपेच धरौटी राखी, जनता पढाएको ठाउँ
अदरौँडै स्कुल छाडी साइबौ तमि, बैंगलोर जन झाउ !

गोरुथी, घाँसपात बा-आमा झाउ, चेला-चेली पढाऔँ
आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड चिनाऔँ !!

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार