शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • धनगढीको एलाइन्स ईन्टरनेशनले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने
समाचार

धनगढीको एलाइन्स ईन्टरनेशनले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

धनगढी । धनगढीको एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलले सुदूरपश्चिम प्रदेश स्तरीय वृहत छात्रवृत्ति योजना कार्यक्रम पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । उक्त स्कुलले एसईई पास गरेका विद्यार्थीहरुका लागि ‘प्लस टु’ अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको हो ।

सुदूरपश्चिमका प्रत्येक जिल्लाका सम्पूर्ण विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने प्राचार्य मनोज पन्तले बताए । यसको हकमा बिद्यालयको सिफारीस अनिवार्य रहेको प्राचार्य मनोज पन्तले बताए । यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए ।

यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुलले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्थाई बसोबास गर्दै आएका जहेन्दार,गरिब,विपन्न,दलित, अपाङ्ग,जनजाती र अभिभावक बिहिनहरुलाई शैक्षिक पहुँचमा सहयोग पुगाउनका लागि १० जना विद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत र १० जना बिद्यार्थीहरुका लागि आंशिक छात्रवृत्ति दिने प्राचार्य पन्तले बताए । यसको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य हरेको उनले बताए । वडा बाट आएका सिफरीसमा बिद्यालय आफै छनोट गर्ने छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रहेका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले भने, एलाइन्स स्कुलले मात्रै यस्तो कार्यक्रम गरेर हुँदैन धनगढीका सबै बिद्यालयहरुले यस्तो कार्यक्रमको घोषणा गर्नुपर्छ । धनगढी उमा न पा ०२ स्थित संचालित यस बिधालयले वडाका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु अत्यन्तै सम्मानजनक कार्य रहेको बताए ।

वडाभित्र धेरै जसो विद्यार्थी भाइबहिनीहरु आर्थिक समस्याले गर्दा उच्च शिक्षा अध्ययनमा पछाडी परेका छन । त्यसैले वडा भित्र बसोबास गर्ने बिद्यार्थीलाई छात्रवृत्तिमा पढाउने यस स्कुलको निर्णय धेरै राम्रो रहेको उनले बताए । छात्रवृत्तिका लागी आवेदन बुझाउने मिति २०८० श्रावण ५ गते सम्म रहेको र छात्रवृत्ति छनौट तथा अन्तरवार्ता श्रावण १० हुने जनाईएको छ ।

प्लस टु संकायमा व्यवस्थापन तर्फ होटेल मेनेजमेन्ट,जनर मेनेजमेन्ट कमप्युटर साइन्स अध्यापन गराइरहेको छन भने कानुन संकायको पनि अध्यापन गराई रहेको पन्तले बताए । ‘आर्थिक समस्याले गर्दा कुनै पनि विद्यार्थी भाइबहिनीहरु अध्ययनबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले छात्रवृत्ति योजना ल्याएका हौ,’ प्राचार्य पन्तले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै