बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • कांग्रेसको भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि १० प्रस्ताव तय
Breaking News

कांग्रेसको भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि १० प्रस्ताव तय

काठमाडाैं | सत्तारुढ दल नेपाली कांग्रेसको भोलि मंगलवारदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकका लागि १० प्रस्ताव तय गरिएका छन् । सोमवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बैठकका प्रस्ताव तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रस्तावमा पार्टीको राष्ट्रिय अभियान घोषणादेखि सरकारका सहभागिताबारेको समीक्षा समावेश छन् । केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी खाका प्रस्ताव हुने, नीति अधिवेशनको मिति तोकिने, विभागहरू थप, गठन र कामको व्याख्या लगायत प्रस्ताव तय भएका छन् ।

बैठकमा राष्ट्रव्यापी अभियानको घोषणासँगै नाम, उद्देश्य, खाका प्रस्तुत हुने, अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिने, प्रतिनिधिसभाका गतिविधिको भूमिकाबारे प्रमुख सचेतकले जानकारी गराउने र सरकारको सहभागिताबारे उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने प्रस्ताव तय गरिएको महामन्त्री शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार