शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • पत्रकार अमृत पौडेलको ‘पार्‍यौ बन्धकी’ बजारमा [भिडियोसहित]
सामाजिक सञ्जाल

पत्रकार अमृत पौडेलको ‘पार्‍यौ बन्धकी’ बजारमा [भिडियोसहित]

काठमाडौँ । पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्‍यौ बन्धकी’ बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत ‘लिरिकल भिडियो’ बजारमा आएको हो ।

गीतमा सदावहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ । लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो गीतको शब्द/संगीत गीतकार श्रीराम पौडेल ‘निर्दोश’ले गरेका हुन् ।

१५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको यो गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत डिजिटल प्लेटफर्ममा आएको हो । पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गिय गुरुङप्रति समर्पित गरेको बताएका छन् ।

गीतमा, ‘तिम्ले धोका दियौ नि सानी, मेरो लासको मनाउनु बिहानी’, ‘मेटियोनी मायाको रेखी, तिमी आफैँ तर्कियौ मदेखि’ जस्ता मर्मस्पर्शी शब्द रहेका छन् । पत्रकार पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।

[भिडियोसहित]

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै