आइतबार, जेष्ठ ६, २०८१
  • होमपेज
  • कालीकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु
Breaking News

कालीकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु

सुर्खेत । कालीकोटमा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजेको समयमा जीप दुर्घटना परेको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुई जना कालीकोटका र एक जना दैलेखका रहेका छन् ।

जीप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कालीकोटका प्रहरी निरीक्षक सुबराज बमका अनुसार जीप दुर्घटनामा शुभकालीका गाउँपालिका-२ भर्ताका जीप चालक ३० वर्षीय हर्के कामी, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले गाउँपालिकाका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका–६ चिसापानीदेखि बेहुली पानतडी सडक खण्डहुँदै चौकी बजारबाट हाउँडीतर्फ जादै गरेको लु १ च ८४९८ नम्बरको डब्बल क्याप जिप दुर्घटनामा परेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार