शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु
समाचार

आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु

बझाङ । आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा हुने आध्यात्मिक सम्मेलनको आज उद्घाटन गरिदैं छ।

बिहानबाट हुने सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्रीहरु संगै बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णालगायतको उपस्थिति हुने बताइएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गरिने जानकारी आयोजक टिमले दिएको छ। त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाकीहरू वा हुडक्यौली गौरा, देउडा पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार