बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • उसै माई कति पाध्नी तब खाया भट्ट !
बझाङी भाषा

उसै माई कति पाध्नी तब खाया भट्ट !

मुइले बझाङीमा विज्ञान भाग–५ मी ‘तम्री माले दिया जति हाम्री मा पोख्नीछिँ’ भन्न्या विषयमी प्राकृतिक सम्पदाका बारे चर्चा अर्याको छियाँ । त्यै बेला मैले जलवायु परिवर्तनको प्रकोप होइ बाच्नाखी मस्तै वन तथा प्रकृति बचाउनु पण्दो छ पन भन्याको छियाँ । बझाङीमा विज्ञान भाग-१२ मी मु आज ‘पृथ्वीको फोक्सो’ भनेर चिन्नियाको दक्षिणी अमेरिकाको अमेजनमा रह्याको उष्णकटीबन्धिय वर्षावन (अमेजन रेनफरेस्ट) विनासका मानवजन्य कारण र वैश्विक तापमान वृद्धि नियन्त्रणको बारेमी भन्दो भयाँ ।

हिउँद गाजो काट्यापछि हाम्रा मेलाउँदो आगो लायाको त धेक्याकै हौला । कैलकाई जग्गा बनाउन जंगल फणानी अर्याको या जानी जानी आगोसमेत लाउन्या गर्छन् । केही शताब्दी पैली यसोरी वनविनास गरेर जग्गा खेतीयोग्य बनाउनु आवश्यक छियो होला । तर, आज वैश्विक तापमान वृद्धि बढेर जलवायु परिवर्तन उत्कर्षमा छ । अब प्रकृति जसाको त्यसै राख्नाखी वनजंगल बचाई राख्नु मुख्य कुणो हो । वनजंगलको हेरविचार भया पानीका मूल, खोलानाला सुक्ताइन । नाउलाउँदाको पानी होइरँदो छ । यिन्ने जलवायु परिवर्तन भइबन्ट बेला न कुबेला आउन्या बाणी, पैरोको समस्या कम अर्न सकिँदो छ ।

परारका वर्षका जसोई यै हिउँद पन रुणो पणी गहुँ खासै फल्याको आच्छिन । त्यसै साइपाल, सुर्माका हिमाल पग्ली कालापत्थर बन्न लाग्याका छन् । त्यै मुथी वायु प्रदुषण बढी हिमालम्बा कार्बनका कण जम्मा भई प्रदूषित ‘कालो हिउँ’ जम्मा भयाका छन् । हिउँ पन बिलाउन लाग्दा हिउँ पैरो झान्या हिमताल फुट्न्या, हिम चट्टानहरू टुक्रिन्या जसा खतरा बण्याका छन् । यसरी हुन्या जलवायु परिवर्तनले बेमौसमी बाणी, पैरोको प्रकोप बढ्न्या हुन् । वन रे वातावरण जोगाई राख्न सक्या मात्तै यसा विपद् कम अर्न सकिँदो छ ।

रूख लगाऔँ, पर्यावरण जोगाऔँ

जलवायु परिवर्तनको प्रकोप होइ बाच्नाखी मस्तै वन तथा प्रकृति बचाउनु पण्दो छ । वनजंगलौणो आगो लाया मस्तै नोक्सान हुँदो छ । बझाङलाई बचाई राख्नाखी माटो सुगठित र सुरक्षित राख्नाखी लागि पहाडमा रूखहरू र झाडीहरू रोप्नु पण्न्या हो । वृक्षारोपणले माटोलाई क्षय हुनबाट जोगाउन्या धेरै राउणो उपाय हो । तिन्ने पैरो रोक्नाखी सहयोग अर्दाे छ । यदि तम्रा खाली जग्गा छ भन्या बाक्लो, गहिरो जरा प्रणाली हुन्या केइ केई बिरूवाहरू रोप्न्या प्रयास अर्या (रूख, झाण, अल्का घाँसहरू) । जलवायु परिवर्तनको प्रकोप घटाउन र स्थानीय परिस्थितिक प्रणाली बचाई राख्न पन सबई वनस्पति, जीवजन्तु बचाउनु पयो छ । हामुखी बाँच्नाखी पन यी सब चाइना छन् ।

‘हरियो वन नेपालको धन’ भन्याको त सुन्याकाई हौला । त्यसै धन दक्षिणी अमेरिकाको अमेजनमा स्थित उष्णकटिबन्धीय वर्षा वन (अमेजन रेनफरेस्ट) पनि हो । जसोरी मानिसको फोक्सोले अक्सिजन सोस्तो छ रे कार्बनडाइअक्साइड बाहिर निकाल्दो छ । त्यसैअरी अमेजन रेनफरेस्टले वायुमण्डलबाट कार्बन डाइअक्साइड सोस्तो छ रे ठूलो मात्रामा अक्सिजन छाड्दो छ । यिन्ने वायुमण्डलीय कार्बनडाइअक्साइडको कम्तिमा पन लगभग २० प्रतिशत ९२.२ अर्ब टनभन्दा बणी) कार्बनडाइअक्साइड अवशोषित गर्छन् र साथै यसले प्रकाश संश्लेषणको प्रक्रियामार्फत् पृथ्वीको वायुमण्डलमा रहेको कुल अक्सिजनको ६ प्रतिशत उत्पादन अर्दोछ । त्यसाइले अमेजन वर्षा वनलाई पृथ्वीको फोक्सो भन्दाछन् ।

अमेजन वर्षा वन विनास

यही पृथ्वीको फोक्सो अमेजन वर्षा वन विनासका लागि मानव जन्य कारणहरूको बारेमा चर्चा अरौँ अब । अमेजन वर्षा वन समृद्ध जैविक विविधताको स्थान हो । जगुआर (चितुवाको एक प्रजाति) देखि, विषालु डार्ट भ्यागुतासम्मका पृथ्वीमी पाइन्या १० प्रजातिमध्ये एक प्रजाति यही जंगलमा पाइदाछन् । यस विशाल वनमा १६ हजार प्रजातिका ४०० अर्ब रूखहरू छन् । यी रूखहरू समग्र पृथ्वीको वातावरणका सन्तुलनमा राख्नाखी लागि नभइनहुन्या हुन् ।

पृथ्वीको वायुमण्डलको स्वास्थ्य (स्वछता) धेरै हदसम्म अमेजन वर्षावनको संरक्षणमा निर्भर छ, तैपनी, हालका कृषि अभ्यासहरूले यस जटिल पारिस्थिति तन्त्रको अस्तित्वखी खतरा बनाउँदै गयाको छ । अमेजनमा लामो समयदेखि वन फँडानीको समस्या रहँदै आएको छ । तर सन् २०१८ मा ब्राजिलमा राष्ट्रपति जायर बोल्सोनारोका नीतिले यो विनासलाई तीव्र बनायाको छियो । बोल्सोनारोको नेतृत्वमा वन सुरक्षा कमजोर भयो र अमेजनको वन फँडानी ११ वर्षदेखि सबुईभन्दा बणी भयो ।

सन् २०१९ को ग्रीष्म ऋतुमा धेरै समाचारहरूले अमेजन जलिरहेको कथा बनाई प्रचार अ¥यो । त्यो अगस्टमा अमेजनमा ८० हजारभन्दा बणी ठाउँमा डढेलो लागेका÷लगाइएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बणी हो । अमेजनको जलन चर्चाको विषय बन्यो, धेरै मानिसहरूले यो वन विनासका मानवजन्य कारक तत्वका बारेमा खोज अर्नुका साथै रोक्न सहयोग अ¥यो । व्यक्तिगत रूपमा के गर्न सकिन्छ भनेर अभियानहरू चलाउन थाले । ती सोध खोजहरूले भट्ट (सोया) उत्पादनलाई एक प्रमुख योगदानकर्ताको रूपमा उजागर अ-यो ।

ब्राजिलमा मात्रै भट्ट उत्पादनको लागि सुदूरपश्चिम प्रदेश बारबार क्षेत्रफलको अमेजन वर्षा वनविनास रे विश्वव्यापी रूपमा आँधी नेपाल जति विनास गरिएको छ । यस्तो वन विनाशका कारण विभिन्न जीवजन्तुको बासस्थान गुम्ने मात्र होइन, तीन लाखभन्दा बणी आदिवासीहरूको बसोबास रहेको भूमिमा पनि यी विनासमुखी अभ्यासहरूले अतिक्रमण गर्छ । यी स्थानीय समस्याहरूको अतिरिक्त, अमेजन वन फँडानीले जलवायु परिवर्तनको सन्दर्भमा सम्भावित विश्वव्यापी विपत्ति निम्त्याएको छ ।

संसारमा उब्जने भट्टमध्ये करिब ६ प्रतिशत मात्तै प्रत्यक्ष मानव खाद्यमा उपभोग हुन्छ । लगभग २० प्रतिशत सोयाबिन तेलमा रूपान्तरण गरिन्छ र बाँकी ७०/७५ प्रतिशत पशुपालनमा (मुख्यतः मासुका लागि गरिने गौपालन) मा काम लाग्दो छ । अमेजनमा, गोमांसको उत्पादनका लागि सोयाबिन खेती वन विनासको लागि प्रत्यक्ष रूपमा जिम्मेवार छ । भट्ट (सोयाबिन) आहारको खेती गर्न र पशुहरूको लागि चरन भूमि बनाउन दोहोरो वनविनास हुनै लाग्याका छ । यसुईमी गौमाताले त्याग्ने गोबर र ग्याँसबाट उत्सर्जन हुने मिथेनले पन हरितगृह ग्याँस भइ पृथ्वीको तापक्रम बढाउने गति अझै बण्याको छ । उसै माई कति पाध्नी तब खाया भट्ट ! भन्या उखान जसो ।

आजभोलको भूमण्डिलकृत विश्वमा हामे सबै जल, जमिन, जंगल र जनचेतनाजस्ता अनेक आयाममा जोडिएका छौँ । अमेजनमा आगो लागेर भएको वायु प्रदुषणले साइपालको हिउँ पग्लने काम बणी भयाको छ । यसोरी खप्तड पन भएको वन संरक्षणले नेपालकै वातावरण स्वच्छ राख्न सहयोग अर्दो छ । त्यसोरी नै हाम्रा हरेक स–साना कार्यले वनविनास रोक्न र पर्यावरण संरक्षण गर्न मद्दत गर्छ ।

प्राकृतिक स्रोत साधनको दुरूपयोग र जैविक विविधतामा हानी पु¥याउँदा गरिबी रे अस्थिरता बण्दो छ । व्यक्तिहरू र स्थानीय समुदायको प्राकृतिक स्रोतहरूको प्रयोग गर्न पाउने अधिकार सुरक्षित गरी स्थानीय समुदायहरूलाई सू–सूचित गर्दै दिगो विकास र संरक्षणप्रति जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न प्रेरित गर्न सके जैविक र प्राकृतिक सम्पदाहरूले पर्यावरणको सुन्दरता बढाउनुका साथै रैथाने समुदायको आर्थिक वृद्धिको अवसरहरू प्रदान अर्दो छ ।

हाम्रा बुवा बाज्याका पुस्ताले वातावरणमैत्री जीवनयापन अरी आया । गाई पाली दूध सेवन अर्दाछिया । गोबरको पोर्सीखाडा बनाई जैविक मल बनाउँदा छन् । गोमाँसजस्ता राता मासु खाँदाइन छिया, रोक्याका हुन् । त्यसैले चरनले धान्न सक्नेभन्दा बढी गौपालन हुँदोइन छियो । अब पश्चिमी राष्टूहरूले पन मासुजन्य खाद्यको लागि पशुपालन अर्न कम लाग्याका छन् । पैलीका जसो आछिन आजभोल ।

हामी के गर्न सक्छौँ ?

हाम्रा पर्यावरणीय पदचिह्न कम अर्न मासु कम खाऔँ । बर्गर, हट डगजस्ता फास्ट फुड नखाऔँ, स्थानीय रैथाने उत्पादन खाऔँ । शाकाहारी बनौँ, पुर्नवीनीकरण गरिएका शून्य अपशिष्ट फर्निचर, कपडाहरू प्रयोग अरौँ । प्रदुषण कम अरौँ, जिम्मेवारीपूर्वक यात्रा अरौँ, एकल–प्रयोग प्लास्टिकलाई नाई भनौं, सामानहरू पुनः प्रयोग अरौँ, जीवाश्म ईन्धन खपत घटाऔँ, पानी र ऊर्जा बचत अरौँ, कम्पोस्ट मल (पोर्सिखाडा) प्रयोग अरौँ, रूखहरू रोपौँ ।
हाउराई आसपास भयाका प्राकृतिक सम्पदाको सन्तुलित उपयोग गरेर दिगो र नवीकरणीय विकास अर्न सबुई मिली पहल अरौँ ।

(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार