काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ। उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन्।
१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।
फेसबुक प्रतिक्रियाहरु