शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पर्यटन र राजनीतिमा खुमबहादुरको संघर्ष
बागमती प्रदेश

पर्यटन र राजनीतिमा खुमबहादुरको संघर्ष

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदी नेपाली कांग्रेसले देशव्यापी रूपमा गरेको सत्यागृहमा धादिङकै विद्यालयमा अध्ययन गर्थे । एसएलसी उत्तीर्णपछि जब उनी उच्च शिक्षाका लागि राजधानी केन्द्रित भए त्यसपछि उनको पढाईसँगै राजनीतिमा पनि जिज्ञासु बन्दै गयो ।

क्याम्पसमा आ–आफ्ना पार्टीका भातृ संगठनमा आवद्ध हुन उनलाई धेरै संगठनले आग्रह गरे । बीपीका विचार सुनेर, पढेर प्रभावित भएका उनी अन्ततः नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा आवद्ध भए । विद्यार्थी संगठनबाट उनीजस्तै कार्यकर्ताहरू २०४६ सालको जनआन्दोलनमा अग्रपंतीमा नै रहेर काम गरे । फरक राजनीतिक दलको वर्चश्व भएको धादिङमा संसदीय चुनाव २०४८ मा कांग्रेसका चिजकुमार श्रेष्ठलाई निर्वाचित गराउन उनले धेरै प्रयत्न गरे । काठमाडौं आएपश्चात् संगठनले खटाएको हरेक जिम्मेवारीमा आफ्नो क्षमता, बौद्धिकता, लगाव सबै प्रयोग गरेर जिम्मेवारी पूरा गर्दै गए । राजनीतिमा लागेर मात्रै हुँदैन भन्ने सोचले राजनीतिसँगै पर्यटन व्यवसायमा पनि आवद्ध भए ।

२०४४ सालदेखि नेविसंघको राजनीति र पर्यटन व्यवसायीको परिचय बनाइसकेका थिए उनले । पछिल्लो समय टानबाट निवर्तमान अध्यक्ष भइसकेका सुवेदी पर्यटन क्षेत्रमा २९ वर्षदेखि नै आवद्ध छन् । पार्टीको संगठनमा जस्तै पर्यटनमा फड्को मारेका सुवेदीको टान यात्रा पनि लामै छ ।

सन् २००७ देखि २००९ सम्म सदस्य, २००९ देखि २०११ कोषाध्यक्ष, २०१७ देखि २०१९ सम्म वरिष्ठ उपाध्यक्ष र २०१९ देखि २०२१ सम्म अध्यक्ष भएर निवर्तमान अध्यक्ष भइसकेका छन् । कोभिडको बेलामा हजारौं सदस्य रहेको टानको बागडोर सम्हाल्न पुगेका सुवेदीलाई सफल अध्यक्ष हुन चुनौतीको चाङ थियो । त्यसमा पनि उनले २ वर्ष १० महिना टानमा व्यवसायिक प्रतिनिधित्व गरे । त्यो बेलामा उनले अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न नसके पनि आन्तरिक रूपमा नीति नियम, पर्यटन नियम ऐन बनाउन लागे । नेपाल पर्यटन बोर्ड र टान बीचमा भएको एमओयुलाई कार्यान्वयनमा लानुपर्ने लगायतका आन्तरिक कामहरू पूरा गरे ।

विभिन्न संघ संस्थाहरूसँग मिलेर अन्तर्राष्ट्रिय स्तरमा बृहत् प्रचार गर्न खाका तयार भयो । उच्च स्तरमैको प्राथमिकतामा परेको एफएनसीसीसआई (नेपाल उद्योग वाणिज्य संघ) बाट पनि उनको कार्यकालमा पर्यटन संगठनको सबैभन्दा राम्रो काम गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट टान पुरस्कृत भएको थियो । उनी अध्यक्ष हुँदा १ हजार २४८ जना व्यवसायीले सदस्यता नवीकरण गरेरको र केही सदस्यले प्राविधिक समस्याले गर्दा ढिलाई भएको उनी बताउँछन् ।

प्रदेशसभा सदस्यका लागि आकांक्षी

राजनीतिमा लाग्दा पटक–पटक उनी प्रहरी प्रशासनको दमनमा पनि परे । ‘परिवर्तनका लागि धेरै पटक लागियो । त्यसमा प्रहरी प्रशासनले दमन गर्नु स्वभाविक हो ।’ उनी भन्छन्, ‘नेपाली कांग्रेसभित्र युवाहरूको बढी खोजी हुने गरेको छ । जसको क्षमता छ, जसको योग्यता छ अथवा जसले इच्छा र चाहना राख्दछ भने त्यसलाई अवसर पनि दिनुपर्छ भनेर राजनीतिमा होमिएको हुँ ।’
पार्टीमा युवाहरूको सहभागिता हुनु पर्ने भन्दै उनले धादिङबाट प्रदेश सभामा जान खोजिरहेको बताए । ‘पर्यटनमा जस्तै राजनीतिमा गएर सेवा गर्ने लक्ष्य छ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार