शनिबार, पुस ६, २०८१
  • होमपेज
  • क्या हौंरा परा–पर बाज्या बान्द्र जसा छिया ?
बझाङी भाषा

क्या हौंरा परा–पर बाज्या बान्द्र जसा छिया ?

विद्यार्थी भाइबिनाहरू,
तमुले चकचक हर्या ठूला बणाले बान्द्र जसो जन हो भन्याको त सुन्याकाई होउला । कति मान्छेखी ता बाँन्द्र बाटी उत्थान भयाको पन भन्दा छन् । क्या यो साँच्चि हो क ? आज म तमुखी जीवको उत्पत्ति, जैविक विकास रे उत्थानको सिद्धान्तका बारे भन्दो भयाँ । हाम्रा पुर्खा बाँदरै त छियाइन् तर हामे सब्बैका परा–पूर्खा एकै छिया भन्ने प्रमाण भन्या विज्ञानले फेला पाण्याको छ । पहिला मु तमुखी पृथ्वीको आयुका ४ मुख्य खण्डका भौगोलिक समयमा क्या–क्या भयो भन्न्या सुरू अर्दो भयाँ ।

चट्टानमी कुँदिएर रह्याका जीवाश्म (हाडखोड) र आनुवंशिकीका अध्ययनले फेला पाण्याको प्रमाणका आधारमी पृथ्वीको भौगोलिक समय चार मुख्य खण्डका विभाजित अर्न सकिन्छ ।
१) हेडियन (नारकीय) युग
२) आरकियक (पुरातन) युग
३) प्रोटोजोइक (प्रारम्भिक जीव भएको युग)
४) फेनेरेजोइक (आधुनिक सदृश्य) जीव भएको युग ।

१) हेडियन (नारकीय) युग ः ४.५ अर्बदेखि ४ अर्ब वर्ष पहिला

४.५ अर्ब वर्ष पहिले पृथ्वी सौर्य मण्डलमा छरिएका धुल्कण संगठित भएर गोलाकार स्वरूप लियो । ४.५ अर्बदेखि ४ अर्बसम्म जीवनको सम्भावना छियैन प । तकतक ज्वालामुखी आई अत्यन्त उष्ण जल्दो नरक जसो वातावरण छियो । यै कालखण्डमी पृथ्वीमा अर्को नानो मंगल ग्रहको जत्तो आकारको ग्रह नानु (टुक्राउने) बेला धेरै धुलो चट्टान उछिट्टिएर पृथ्वीको वरिपरि (परिक्रमा) हर्दै जम्मा भयो रे कालान्तरमा चन्द्रमा (जुन) बन्यो । यसै समयमा बरफ कण भएका अन्य उल्का र ग्रहहरूले पानी (बाफ) पन धर्तिमी ल्याया । यही समयलाई हेडियन (नारकीय) युग भनिन्छ ।

२) आरकीयक (पुरातन) युग : ४ अर्बदेखि २.५ अर्ब वर्ष पहिला

वातावरण अझै सक्रिय ज्वालामुखी रे उष्ण हरित गृह ग्यासहरू मिलेर बन्याको छियो । जमिनमी जीव छियाइन । तर, गैरो समुद्री पिँधमी जीवनको पहिलो रूप प्रकट भयो । एक कोषीय या केही कोशिकाको सामान्य सुगठनमा चल्ने जीव विकसित भया जसमा तन्तु र प्रणालीहरू सुविकसित छियाइन प ।

३) प्रोटोजोइक (प्रारम्भिक जीवन भएको) युग : २.५ अर्बदेखि ५ अर्ब (५०० करोड) वर्ष पहिले

यै युगको नामको अर्थ ‘प्रारम्भिक जीवन’ हो । झिल्ली भएका एक कोषीय जीव बिस्तारै जटिल रूप लिँदै बहुकोषीय जीवहरका केही रूपहरूसहित देखा पडन लाग्या । समुन्द्री ब्याक्टेरियाले अक्सिजन उत्पादन अर्न थाल्या । त्याँपछि पृथ्वीको वायुमण्डलमी अक्सिजनको मात्रा बढेसँगै बिरुवाहरू र पछि पछिका किरा फट्यांग्राहरु यस समयमा जमिनमा धेक्किन लाग्या । ढाड भएका जनावर अझै जमिनमा छियाइन ।

४) फेनेरेजोइक (आधुनिक सदृश्य) जीव भएको युग : ५०० करोड वर्ष पूर्वदेखि आजसम्म

कम्ब्रियन विस्फोटको रूपमा चिनिने एक काल खण्डमी जटिल जीवनले पृथ्वीको महासागरमा प्रभुत्व जमाउन लाग्या । सैत सैत, जीवन जमिनमा विस्तार भयो र हरित वनस्पति, जनावर र फङ्गाहरू धेक्किन लाग्या । ढाड नभएका कीराहरू रे ढाड भएका र ढाड भएका माछाहरूको उत्थान भई उभयचर (भेगुत्ता जहा) भया । उभयचर पानीबाट पर सर्दै जाँदा कडा अण्डाको खोल विकसित भयो र सुक्खा जमिनमा सरीसृपहरू फैलन लाग्या। यही काल खण्डको मध्य भागमा करिब २५० करोड वर्ष देखि ६६ करोड वर्षसम्म (मेसोजोइक युगमा) जमिनमा भीमकाय छेपारा (डायनोसरहरुको) एक छत्र राज छियो ।

करिब ६६ करोड वर्ष अघि मेक्सिकन सागरको युक्ट्यान प्रायद्वीपमि करिब १० किमी ब्यास भयाको (सगरमाथा जत्तो) बल्दो उल्का पिण्ड टकराउँदा लगभग पुरै पृथ्वीमा डढेलो लाग्यो। करिब ७० प्रतिशत जीवसहित सम्पूर्ण डायनासोरहरू विलुप्त भया । केही जमिन मुनि दुलोमि लुकेर बस्ने मुसा, खराया जहा स्थानधारी जीव मात्रै बाँच्या । यी जनावर उत्थान भई बाँदर, चिम्पान्जी र आधुनिक मानवका पुर्खाका रुपमा बाढ्या ।

यसरी हेर्दा मानिस बान्द्रबाटि विकसित भयाको हो भन्नु पुरै साँची होइन, बतु माइस र बान्द्र दुबैका पूर्खा छिया भन्नु बढी राउणो हुन्छ ।
करिब २०० करोड वर्षअघि चल्ला, सरीसृप र मानवलगायत स्तनधारी जनावरका एउटै साझा पुर्खा छिया । मान्छे र सबै बाँदरहरू एक धेरै टाढाको पुर्खा बाट भिन्न हाँगाका रुपमा लगभग २५० लाख वर्ष पहिलेदेखि अलग हुँदै गया । करिब ८० देखि ६० लाख वर्ष पहिले मानिस र चिम्पान्जी एउटै पुर्खाबाट भिन्न रूपमा विकसित भएका हुन् । आज मानव र चिम्पको डीएनए (बनोट, दाँत, हात इत्यादि) धेरै समान छ किनभने दुई प्रजातिहरू धेरै नजिक छन् किनकि माईस र चिम्पान्जीहरू ८० देखि ६० लाख वर्ष पहिले बाँच्ने एकल पूर्वज प्रजातिबाट आएका हुन् । मानिस र चिम्पान्जीहरू बिस्तारै एक साझा पूर्वजबाट विकसित हुँदै गयापछि, तिनीहरूको डीएनए, पुस्तादेखि पुस्तामा सर्दै अनि परिवर्तन हुँदै गयो । मु मानव उत्थानका विभिन्न चरणको बारेमा अर्को हप्ता भनुला हा ।

(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुइखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार